प्रधानमन्त्री शेरबहादुर पत्नी आरजु राणा देउवा सवार गाडी दुर्घट्नामा परेको छ । पशुपति क्षेत्रको गौरीघाटमा एक स्कर्पियोले ठक्कर दिँदा दुर्घना भएको हो ।

उनी चढेको बा ६ च १०२० नम्बरको गाडीलाई बा ९ च ८३५६ नम्बरको स्कर्पियोले ठक्कर दिँदा सामान्य गाडीमा क्षति भएको गौसाला प्रहरी वृतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ठक्कर दिएपछि फरार गाडीको खोजी भइरहेको महानगरीय प्रहरी बृत्त गौशालाले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले सबै मातहतका बृत्त तथा प्रभागमा ठक्कर दिएको गाडीको खोजी गर्ने निर्देशन दिएको छ।