काठमाण्डौ, २१ माघ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता नभए निकै ठूलो दुर्घटना हुने बताएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनमा निकै ठूलो दुर्घटना हुने र वामपन्थिहरु माथि उठ्नै नसक्ने अवस्थामा आउने उनको भनाई छ ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको अवसरमा बोल्दै नेता गौतमले कम्युनिष्ट आन्दोलनको आजको अवस्था निकै शसक्त अवस्था भएको बताए । उनले कम्युनिष्टको काँधमा अन्तराष्ट्रिय जिम्मेवारी आएको बताए । पुष्पलाल, माओत्सेतुगं एवं पुष्पलालले सोंचेको भन्दा फरक परिस्थितिमा रहेको बताए ।
उनले नेपालको कम्युनिष्ट आन्दोलनको यो अवस्थालाई विश्वले हेरीरहेको बताए । “त्यसैले सबैभन्दा ठूलो पार्टी भएको हिसावले पनि पार्टी एकतामा एमाले निकै गम्भिर ढंगले लाग्नुपर्छ”, उनले भन, त्यसैले हाम्रो कांधमा निकै ठ”लो जिम्मेवारी आएको छ । समाजवाद स्थापना गर्ने माओत्सेत’गंको जिम्मेवारी प’रा गर्ने हो तर हाम्रो वाटो मात्र फरक हो ।”
पार्टी एकताका लागि हस्ताक्षर गर्ने ब्यक्ति आफु र प्रचण्ड भएको बताए । “पछाडीवाट धेरै साथीहरुले धेरै सहयोग गर्नुभएको छ , उनले भने यसको श्रेय लिनका लागि काम गर्नेहरु पनि एकता प्रकृयामा सहभागी भएका छन् ।”
उनले आफ्नो नेतृत्वमा विष्णु पौडेल सहितको सहकार्यमा भइरहेको पार्टी एकताको प्रयासमा निकै इच्छा ब्यक्त गरेपछि महासचिव इश्वर पोखरेललाई पनि सहभागी गराएको बताए । “उहाँले मलाई यो समितिमा बस्न निकै मन लागेको छ भनेर चाहना ब्यक्त गर्नुभयो अनि सहभागी गराइयो, उनले भने । लाइटनेपाल बाट










