दमक/झापाको गौरादह नगरपालिकाको माओबादी केन्द्रको अध्यक्षमा हुकुमसिंह नेपाली चयन भएकाछन् । नेपाली लामो समयदेखि माओबादीमा सक्रिय हुँदै आएका युवा हुन् ।
माओबादी केन्द्रको आइतवार गौरादहमा भएको पार्टीको नगर अधिवेसनले उनलाइ सर्वसम्मत अध्यक्ष चयन गरेको बताईएको छ । उनि यस क्षेत्रमा पार्टीको बिभिन्न जिम्मेवारी सम्हालेर आएका थिए ।
गौरादहमा पार्टीको संगठन बिस्तार तथा यस क्षेत्रको बिकासका लागि आफूले नेतृत्वदायी भूमिका खेल्ने उनले बताए । विश्वास गरेर आफूलाइ जिम्मेवारी दिने सबैप्रति उनले आभार पनि प्रकट गरेकाछन् ।










