संघीय समाजवादी फोरमले बरिष्ठ उपाध्यक्ष लालबाबु राउतलाई प्रदेश नम्बर २ को मूख्यमन्त्री उम्मेदवार तय गरेको छ । फोरमको अपरान्ह ३ बजेदेखि करिब पाँच घण्टासम्म चलेको वैठकले राउतलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘सर्वसम्मतरुपमा बरिष्ठ नेता राउतजीलाई संसदीय दलको नेता चयन गरेका छौँ ।’ प्रदेशसभा सांसद ज्ञानेन्द्रकुमार यादवले नयाँ पत्रिकासँग भने,‘उहाँ नै मुख्यमन्त्रीको उम्मेदवार हो ।’ राउत पर्साका स्थानीय वासिन्दा हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकमा राउतसहित विजय यादव, शैलेन्द्र साह, कौशल कुमार यादव, योगेन्द्र यादव, प्रल्हाद गिरी र सरोजकुमार सिंहले संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गरेका थिए ।

उक्त नाममा सहमति हुन नसकेपछि वैठकले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई उम्मेदवार चयन गर्ने जिम्मेवारी दिएको थियो । सोही अनुसार यादवले सबैसँग छलफल गरेर राउतलाई नै संसदीय दलको नेता एवं मुख्यमन्त्री बनाउने निर्णय सुनाएका थिए ।