माघ-२२ सहबान अन्सारी / नवलपरासी
नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम )सुस्ता गाऊपालिका वडा नं .२ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ । यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०१अौं मेला हो । मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षा कर्मी परिचालन गरिएको साथै करिब सय जना स्वयंसेवक ,दुई ठाउँमा स्वास्थ्य शिविर ,बिस वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण, लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष निजामुद्दिन अन्सारीले बताउनु भयो। महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै पुग्ने गर्दछन । मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गर्दछ। बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ। मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमेटीले जनाएको छ। यो मेला माघ २२ गते देखी फाल्गुन १ गते सम्म संचालन रहने छ ।










