दमक/दमक जेसिजको नयाँ नेतृत्वले आगामि दिनमा जेसिसको अभियानलाइ प्रभावकारी बनाउनका लागि लामो समय जेसिजमा योगदान दिएका पूर्व पदाधिकारीहरुसंग छलफल गरेको छ । उनिहरुको योगदानको कदर गर्दै सम्मान सहित सुझाव संकलन अभियान शुरु गरेको हो ।
दमक जेसिजको गरिमालाइ उच्च बनाउनका लागि र प्रभावकारी काम गर्नका लागि हरेक क्षेत्रसंग सुझाव लिने अभियान शुरु गरिएको जेसिजका नव निर्वाचित अध्यक्ष चन्द्र खत्रीले बताएकाछन् । शुरुवातमा नै जेसिजमा योगदान दिएर पनि ओझेलमा परेका तथा मुख्य जिम्मेवारी नपाएका पुराना जेसिज अभियानकर्मीहरुसंग छलफल गरिएको खत्रीले बताए ।
जेसिजले राजकुमार भट्टराइ, नारायण केसी, हरी कार्की, प्रेम भट्टराइ, शंकर बस्नेत, विष्णु पौड्याल, मुकुन्द उप्रेती लगायतलाइ सम्मान गरेको जनाईएको छ । यस प्रकारको छलफल गरिदै लैजााने पनि खत्रीले जनाए ।










