मोरङ ।  प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता निर्वाचनबाट हुने भएको छ । सोमबार बिहान बसेको प्रदेश समितिको बैठकले संसदीय दलको नेता चुन्न निर्वाचनमा जाने निर्णय गरेको हो ।

चुनावका लागि अधिवक्ता चुडामणी आचार्यको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ । सदस्यमा प्रेम पोखरेल र टिकाराम पुरी रहेका छन् । संसदीय दलको नेताको चयन गर्न लागि २६ गते संसदीय दलको कार्यालयमा चुनाव गर्ने समेत सहमति बनेको एमालेले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

संसदीय दलको नेतामा एमालेका भिम आचार्य, शेरधन राई र जीवन घिमिरे तीनै जनाले आ-आफ्नो दावी नछोडेपछि चुनावमा जाने निर्णय भएको हो ।

प्रदेश नम्बर १ मा कुल प्रदेश नं १ का १४ जिल्लाका २८ वटा संसदीय क्षेत्रका ५६ वटा प्रदेशसभाका ५६ जना निर्वाचित र समानुपातिका ३७ जना गरी ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा एमालेले प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ सिट जित्दै कुल ५१ सिट जितेको छ ।

यस प्रदेशमा एमाले एक्लै बहुमतमा रहेकाले एमालेकै मुख्यमन्त्री हुन् निश्चित भएकाले पनि तीनजनाले आफ्नो दाबेदारी नछोडेको बताइएको छ ।