काठमाडौं । नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबैभन्दा बढी खर्च गरेको देखिएको छ । व्यक्तिगततर्फ खर्च गर्नेमा उनी अग्रस्थानमा देखिएका हुन् ।
नेपाल टेलिकमका अनुसार घिसिङले एक वर्षमा एक लाख ९७ हजार रुपैयाँ खर्चेका छन् । यस्तै, संस्थागततर्फ सूर्य नेपाल सबैभन्दा अगाडि देखिएको छ । सूर्य नेपालले गत वर्ष नौ लाख ६४ हजार रुपैयाँ खर्च गरेको छ । अन्लाइन खबरमा खबर रहेको छ
प्रिपेड सेवातर्फ भने पुष्प दुलालले सबैभन्दा बढी खर्च गरेको टेलिकमले जनाएको छ । उनले वर्षदिनमा ६४ हजार रुपैयाँ खर्चेका छन् ।










