चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब बन्ने सरकारले देशमा चमत्कारी विकास गर्ने बताएका छन् । नेकपा माओवादी केन्द्र चितवनले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई संबोधन गर्दै अधक्ष्य प्रचण्डले अबको नेपाल सम्वृद्धि र सुसाशनको हुने बताए ।

उहाँले एमाले–माओवादी पार्टी एकतालाई भाँड्न विभिन्न प्रयास भइरहेको बताए । अध्यक्ष प्रचण्डले भने, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन । त्यस्ता कुनै पनि प्रयन्तलाई असफल पारेर नेपाली जनताको चाहनाबमोजिम एकता प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउन हामी प्रतिबद्ध छौँ ।”

उनले पार्टी एकता सकरात्मक दिशातर्फ अघि बढिरहेकोले जसरी पनि एकता हुने बताए। त्यस्तै उनले दवै पार्टीको एकता सम्मान जनक पनि हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड