विराटनगर– प्रदेश १ को पहिलो प्रदेशसभा बैठकले माघ २९ गते सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको छ।

विराटनगरस्थित जिल्ला समन्वय समितिको भवनमा बसेको बैठकले प्रदेशसभा कार्यसञ्चाल अन्तरिम कार्यविधि पनि पारित गरेको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बैठकले सभामुखको अनुपस्थितिमा सभा सञ्चालनको लागि समिति पनि बनाएको छ।

बैठकमा सात जना सांसदले मन्तव्य दिएका थिए। उनीहरु सबैले समृद्धिको मुद्दालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका थिए।

बैठक ज्येष्ठ सदस्य ओमप्रकाश सरवागीको अध्यक्षतामा बसेको थियो। उनले प्रदेश प्रमुख गोविन्द सुब्बाले संसद बैठक सुरु गर्न पठाएको पत्र पढेर सुनाएका थिए।