काठमाडौं, २२ माघ । नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोइरालाले आफू सर्वसम्मतीमा मात्रै पार्टी संसदीय दलको नेता बन्ने स्पष्ट पारेका छन् ।

सोमबार विहान विराटनगर विमानस्थलमा पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा महामन्त्री कोइरालले यस्तो बताएका हुन् । उनले भने,‘म कोहीसँग पनि प्रतिष्पर्धा गर्दिन, यदि मलाई तपाई बन्नुहोस् भनेर प्रस्ताव गरे, त्यसको लागि म तयार छु म ब्याक हुन्न।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धमलाले दलको नेताको निर्वाचनमा भए तपाई किन प्रतिष्पर्धा नगर्ने त ? भनेर सोधेको अर्को प्रश्नमा उनले भने,‘म पार्टीका साथीहरुसँग प्रतिष्पर्धा गर्नतिर लागें भने त्यो कुनै गुट विशेषमा लागेको सन्देश जान्छ । मेरो चाहना भनेको सर्वसम्मतीमा दलको नेता बन्ने हो ।’

त्यस्तै उनले पार्टीको संगाठनिक संरचनालाई अब चुस्तदुरुस्त बनाउनुपर्नेमा जोड दिए । उनले प्रश्न गरे,‘सक्रिय कार्यकर्ता ५०० छन् तर भोट तीन सयमात्रै आउँछ, यसबारेमा हामीले गम्भिर समिक्षा गर्ने बेला आएको छ।’

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रिय समिति हुँदै महासमिति बैठक बोलाएर समग्रबारेमा गम्भिर समिक्षा गर्नेमा आफू विश्वस्त रहेको सुनाए । त्यस्तै उनले केन्द्रिय कार्यसमितिबारे पनि पूर्नविचार गरेर अघि बढ्ने संकेत गरे । आफू सभापति दउवालई हटाउने पक्षमा नरहेको उनको स्पष्टोक्ति थियो । रिपोर्टस नेपाल बाट