दमक/झापाको दमकमा ब्यवसाय गर्दै आएका जेसी रुपनारायण न्यौपानेले नेपाल जेसिजको राष्ट्रिय जिम्मेवारी पाएकाछन् । दमकसंगै जोडिएको कमल नगर जेसिजका संस्थापक अध्यक्ष रहेका न्यौपानेलाइ नेपाल जेसिजले सन् २०१८ का लागि जनसम्पर्क अधिकारीमा मनोनयन गरेको हो ।
राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बस्यालले न्यौपानेलाइ जनसम्पर्क अधिकारीमा मनोनयन गरेकाहुन् । न्यौपाने लामो समयदेखि जेसिजमा सक्रिय रहदै आएका थिए । उनि दमक जेसिजको पदाधिकारी पनि रहेका थिए ।











