दमक/झापाको दमक ४ मा बन्न लागेको भ्यू टावरको जग्गा ब्यवस्थापन र आवश्यक सहयोगका लागि सहयोग समितिको कार्यालय सञ्चालनमा ल्याइएको छ । नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कार्यालयको बिधिवत उद्घाटन गरेकाहुन् ।

नगरपालिकाकी उपप्रमुख गिता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत युवराज दाहाल लगायतको उपस्थितिमा सोमबार बिहान कार्यालयको उदेघाटन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भ्यू टावरको निर्माणका लागि ३ बिगाह जमिन नगरपालिकाको स्वामित्वमा आएको र थप २ बिगाह जग्गा पनि प्राप्तिको अन्तिम चरणमा रहेको सो अवसरमा जानकारी गराईएको थियो । नेपालकै नुमना र सुविधा सम्पन्न भ्यू टावर निर्माणका लागि केहि समयभित्रै टेण्डर प्रक्रियामा जाने नगरपालिकाले जनाएको छ ।