दमक/आइएमइ जेनेरल इन्स्युरेन्स प्रालिले दमकबाट सेवा दिन शुरु गरेको छ । सोमबार एक कार्यक्रमबीच इन्सुरेन्सको शाखा कार्यालयको उद्घाटनपछि सेवा दिन शुरु गरिएको हो ।
एकै दिन पूर्वमा तीनवटा शाखा सञ्चालनमा ल्याउने क्रममा दमकबाट पनि सेवा शुरु भएको जानकारी दिइएको छ । दमक शाखा प्रमुख केशव दाहालका अनुसार सोमबारदेखि सेवा दिन थालिएको छ ।
दमक–६ स्थित पूर्व ट्याक्सी स्टेण्ड नजिकमा सञ्चालनमा ल्याईएको आइएमइ इन्स्योरेन्सको कम्पन्नीका सञ्चालकहरु योगेश्वर शर्मा ढकाल र प्रतापजंग पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो ।
सोमबार एकैदिन दमकसहित सुनसरीको इटहरी र मोरङको विराटचौकमा आइएमई जेनेरल इन्स्योरेन्सको आफनो शाखा सञ्चालनमा ल्याएको हो ।









