खराको पृथ्वीनारायण क्याम्पस क्षेत्र तनावग्रस्त बनेको छ । सोमबार साँझ क्याम्पस अगाडि नगर बसले ठक्कर दिँदा, पीएनमा अध्यनरत नेविसंघका बोधराज ढकालको मृत्यु भएको थियो ।

घटनाको विषयलाई लिएर नेविसंघका कार्यकर्ताले विहानैदेखि क्याम्पस क्षेत्रमा प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका नेविसंघका कार्यकर्तालाई  नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज समेत गरेको छ, प्रहरीले लाठी हान्दा ६ जना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मृतकका परिवारलाई राहतको माग गर्दै  विरोधमा उत्रिएका विद्यार्थीमाथि प्रहरीले दमन गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । विद्यार्थी नेता कपिलदेव रानाभाट लगायत अन्य ६ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

नगरबसको ठक्करबाट सख्त घाइते भएका नेविसंघ स्याङ्जा पिएन सम्पर्क समितिको सभापती २४ वर्षीय ढकालको उपचारका क्रममा मणिपाल अस्पतालमा सोमबार मृत्यु भएको थियो ।