विष्णुप्रसाद पोखरेल दमक/लायन्स क्लवहरुको प्रमुख चाडजस्तै रुपमा मनाइने गरेको तेस्रो लायन्स मल्टिपल फेस्टिवलको तयारी तिब्र बनाएको पाइएको छ । यसै क्रममा लायन्स क्लव डिस्ट्रिक ३२५ ए 1 का गर्भनर लिला ढुंगेल सहितको टोली यसलाइ सफल बनाउनका लागि देश दौडाहमा जुटिरहेको छ ।

सोमबार झापाको दमक र मोरगको उर्लाबारी यहाँ रहेका लायन्सहरुको सहभागिता तथा अहिलेसम्मको तयारीको बिषयमा छलफल भएको थियो । यसमा लायन्स लिडरहरुको सहभागिता रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

लायन्स गर्भनर ढुंगेलले चारवटा डिस्ट्रिकका सम्पूर्ण लायन्स सपरिवारका साथ एउटै थलोमा जम्मा गराइ एकदिने आत्मिय भाइचारा अबिृद्धि कार्यक्रम गर्दै एक आपासमा चिनापर्चि अनुभव साटासाट साथै ब्याक्तिगत बिकास गर्नका लागि यो कार्यक्रम थालनी गरिएको थियो ।

डिस्ट्रिक ३२५ ए 1 को अयोजनामा फागुन ५ गते बिराटनगरमा हुने फेस्टिवलको तयारी तिब्र भएको जनाइन्छ । देशभरका लायन्सहरु कार्यक्रममा सहभागि हुने भएकाले पूर्वाञ्चकै पर्यटकीय बिकास र प्रवद्र्धनमा यसले सहयोग पुर्याउने लायन्स क्लवका डिस्ट्रिक सेकेण्ड भाइस गभर्नर राजन खत्रीले दाबी गरिएको छ ।

फेस्टिवलमा डिस्ट्रिक फुटबल, व्याडमिन्टन, टेवल टेनिस, चेस, भलिवल, रस्सी तान्ने लगायतका खेलहरु संचालन हुने पनि जानकारी दिइएको छ । । त्यस्तै क्वीज, बक्तृत्वकला पनि गरिने छ ।  विजनेस सेमिनार, स्वेच्छिक स्टल, लायन्स फेलोसिप, सांस्कृतिक कार्यक्रम पनि गरिने  छन् ।