रत्ननगर, चितवन- चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

वस्तु चराउन गएका बेला गैँडाले आक्रमण गर्दा माडी नगरपालिका–२ का २७ वर्षीय प्रेमराज ढुंगेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आइतबार साँझ गाईबस्तु फर्किँदा पनि ढुंगेल नफर्किएपछि खोजी सुरु गरिएको थियो। खोजी गर्ने क्रममा सोही राति उनको शव फेला पारिएको थियो। चितवन निकुञ्जबाट निस्किएको गैँडाले हानेको अवस्थामा सोही मध्यराति माडी अमिलियाको काँसघारीमा उनको शव फेला परेको थियो।

सोमबार शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट वर्षेनी धनजनको क्षति हुँदै आएको छ।