काठमाडौं– सोमबार दिउसो त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको दुर्घटनाको रहस्यमय भएको भन्दै मृतकका आफन्तले गम्भीर छानबिनको माग गरेका छन्। विमानस्थलभित्र नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्याङकरको ठक्करबाट थाई एयरका कर्मचारी सानु बमको मृत्यु भएको थियो।

बम थाई एयरका टेक्निसियन हुन्। विमानस्थलभित्रै कसरी ट्याङकरले उनलाई ठक्कर दियो खुल्न सकेको छैन। ट्याङकरका चालक सर्की लामालाई महानगरीय प्रहरी वृत्त दरबारमार्गले थुनामा राखी छानबिन गरिराखेको छ। हालसम्मको अनुसन्धानमा ट्याङकरले ठक्कर दिएको बुझिएको र विस्तृत अनुसन्धान भइरहेको गौशला वृत्तका डिएसपी अनुपम श्रेष्ठले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यो पनि पढ्नुहोस एयरपोर्टभित्र दुर्घटना, थाई एयरका कर्मचारीको मृत्यु

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सोमबार भएको दुर्घटनामा थाई एयरवेजका कर्मचारीको मृत्यु भएको छ। नेपाल आयल निगमको हवाई इन्धन बोक्ने ट्यांकरले सोमबार ठक्कर दिँदा थाई एयरवेजका सिनियर टेक्निसियन काठमाडौं कोटेश्वर बस्ने ५५ वर्षीय सानु बनको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको हो। ट्यांकर चालकलाई गौशाला प्रहरीले नियन्त्रणमा लिई छानबिन अघि बढाएको छ। चालक नेपाल आयल निगमकै कर्मचारी हुन्।

विमानस्थलभित्रै यसरी भएको दुर्घटना रहस्यमय भएको पीडितका आफन्तहरुले बताएका छन्। नेपाल लाइभ बाट