आफु आइजीपी हुन नपाएको झोंकमा सर्वोच्चमा बुुझाएको कार्यसम्पदान मूल्यांकनमा गढबढी गरेको भन्दै प्रहरीले खोजीमा राखेपछि, ललितपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित पूर्व डी आइजी नवराज सिलवाल गायवको स्थितिमा छन् । शुरुमा पूर्व निर्धारित कार्यक्रममा भाग लिन मलेशिया गएको बताएका सिलवाल त्यसपछि कहाँ छन् ? ललिपतुरकी एमाले इन्चार्ज सुशिला नेपाल भन्छिन् सिलवाल हाम्रै सम्पर्कमा छन् ।

ललिपतुर एमाले इन्चार्ज सुशिला नेपाल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

० लतिलपुर १ बाट प्रतिनिधिसभा सांसद निर्वाचित सिलवलाको अबस्था बारे पार्टीलाई जानकारी छ ? - अँ, जानकारी छ । ० कता हुनहुन्छ ? -उहाँ सम्पर्कमै हुनुहुन्छ । ० सम्पर्क भनेको मुलुकभित्रै ? - अँ, सम्पर्कमै हुनुहुन्छ । यत्ति भन्छु । ० पार्टी संरक्षणमा हो उहाँ ? - पार्टी कार्यकर्ता जनप्रतिनिधि भएपछि पार्टीले संरक्षण गर्न परेन र ? पर्यो नि । कुनै एउटा व्यक्तिलाई राज्यले पूर्वाग्रह राखेर हुँदै नभएको कुराहरुमा, जनताले यत्रो मत दिएर जनप्रतिनिधि भइसकेपछि, एउटा व्यक्तिलाई यसरी अनावश्यक रुपमा पछि लागिसकेपछि संरक्षण त गर्नुपर्छ । कार्यकर्ताले आवाज उठाउँदैनन् ? उठाउँछन् नि । हामी नै आवाज उठाउँछौं नि। भोली गल्ती पुष्टि भयो भने उहाँ दोषी हुनुहुँदो रहेछ भने त्यसपछिको कुरा आफ्नो ठाउँमा होला । पुष्टि नै नभएको कुरामा आरोप लाएर एकपछि अर्को खेदेको खेद्यै यो त ठीक भएन नि । यो त एकदम पूर्वाग्रही ढंगले देउवा सरकार लागेको त सबैलाई जगजाहेरै भाको कुरा हो । ०  तर एक दिन उहाँ एकदिन बाहिर त आउन पर्छ होला नि ? - बाहिरै हुनुहुन्छ नि । कहाँ जानु भा छ र उहाँ? ०  कुनै पनि बेला प्रहरीले एरेष्ट गर्न सक्छ होला नि ? -कसरी एरेष्ट गर्छ, किन एरेष्ट गर्ने उहाँलाई, के कारण छ उहाँलाई एरेष्ट गर्ने ? ०  कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको अभियोग ? -पूर्वाग्रही कुरा हो यो । ० सर्वाजनिक रुपमा किन देखिनुभएको छैन । पार्टी कै नीति अनुसार हो? -व्यक्तिगत काम हुन्छ। व्यक्तिगत कामले मान्छे काँ जान सक्छ कोही समयमा । यहाँ केही पनि काम नभएको बेला उहाँ आफ्नो व्यक्तिगत काममा कहीँ हुनुहुन्छ होला । पार्टीको सम्पर्कमै हुनुहुुन्छ। उहाँ सम्पर्कमा हुनुहुन्न, भाग्नुभो, फरार हुनुभो त्यस्तो होइन । चाहेको बेलामा मान्छेहरुले भेट्न सक्छन् । मान्छेको व्यक्तिगत कामले दायाँ-बायाँ जान सक्छन् नि । व्यक्तिगत कामले हिँड्नै हुँदैन भन्ने त होइन होला । ०  उहाँ बाहिर नदेखिँदा र यहाँले भन्नुुभयो पार्टी संरक्षणको कुरा । एमालेले कानूनी राज्य नमानेको सन्देश जाँदैन ? -एमालेले कानूनी राज्य मान्दैन जल्ले भन्छ तेल्ले नै कानूनी राज्य नमानेको हुन्छ । एमाले नै हो पूर्ण रुपमा कानुनी राज्य मान्नुपर्छ भन्ने, पूर्ण रुपमा संविधान कार्यान्वयन गर्नुपर्छ भन्ने । एमालेलाई कसैले सिकाउनुपर्छ जस्तो लाग्दैन । तर शेरबहादुर देउवाले पूर्वाग्रही ढंगले एउटा व्यक्तिलाई लखेटेको लखेट्यै लखेटेको लखेट्यै गरिराको कुरालाई लिएर कानुनी राज्य मान्दैन एमालेले भन्न मिल्छ ? यस्तो पूर्वाग्रह राखेर कुरा गर्न मिल्छ ? ०  सिलवाल जी डराएर बाहिर नआको जस्तो देखियो नि  ? -काँ को डराको जस्तो देखियो । त्यस्तो हुँदैन ।