राष्ट्रिय सभाको निर्वाचनअन्तर्गत प्रदेश नम्बर ४ मा भएको मतदान सम्पन्न भएको छ। अदालतले पक्राउ आदेश जारी गरेका प्रदेश सभा सदस्य दिपक मनाङेबाहेक सबै मतदाताले मतदान गरे। प्रदेश ४ मा कूल २३० मतदाता छन्। जसमा प्रदेश सभाका ६० र स्थानीय तहका १७० जना छन्।

अपरान्ह ४ बजेबाट पोखरास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु हुने तय गरिएको छ।