शिबिरमा जेनरल मेडिसन, प्रसुती तथा स्त्री रोग, बाल रोग, शल्यक्रिया परीक्षण, हाड जोर्नी तथा नशा रोग, छाला तथा यौन रोग, नाँक, कान घाँटी, आँखा परीक्षण, दन्त रोग, भिडियो एक्से रे, मुटुको इसिजि, ल्याव परीक्षण सेवा, औषधि बितरण लगायतका सेवा शिबिरमा दिइने जनाइन्छ ।
दमक/लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकले स्थानीय कल्याणकारी ब्यापारी समुह शिवसतासी ७ झापासंग समन्वय गरेर शिवसतासी ७ ब्याङडाडामा बृहत रुपमा एकदिने बिशेषज्ञ सहितको स्वास्थ्य शिबिरको तयारी शुरु गरेको छ ।
आउदो माघ २८ गते हुने बहृत स्वास्थ्य शिबिरको तयारी बारे बुधबार बिहान शिबिर स्थल चेतना माबिमा क्लव र स्थानीय ब्यापारी समुहका पदाधिकारी तथा सदस्यहरुबीच छलफल भएको छ ।
लायन्स अध्यक्ष रुद्र गौतम, लायन्सकर्मीहरु बुद्धिशेखर भट्टराइ, रबिन गजमेर, स्थानीय सामाजिक अगुवा तथा समाजसेवी लोकबहादुर अधिकारी, ब्यापारी समुहका अध्यक्ष शिवप्रसाद भण्डारी, पूर्व अध्यक्ष भोजराज ढकाल लगायतले शिबिरलाइ भब्य र ब्यवस्थित बनाउन लागि पर्ने बताएका थिए ।
स्वास्थ्यकर्मी समेत रहेका लायन्सकर्मी बुद्धिशेखर भट्टराइले स्वास्थ्य शिबिरमा आवश्यक आधारभूत मापदण्ड र स्थानीय स्तरमा गर्न सकिने कार्यहरुको बिषयमा सहजिकरण गरेका थिए ।
लायन्स अध्यक्ष गौतमले आफूहरु गुणस्तरीय बिशेषज्ञ सेवा दिनका लागि हदैसम्म लाग्ने र १५ सयभन्दा बढि बिरामीहरुको जाँच, उपचार र औषधिको बन्दोबस्त गर्न लागि परेको जनाएका थिए ।