जनकपुर- प्रदेश नम्बर २ बाट राष्ट्रियसभामा निर्विरोध निर्वाचित भएका सदस्यहरुलाई बुधबार प्रमाणपत्र वितरण गरिएको छ।

प्रदेश २ बाट सबै आठ जना नै निर्विरोध निर्वाचित भएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महिलातर्फ संघीय समाजवादी फोरम नेपालका प्रमिला कुमारी, नेपाली कांग्रेसका मुक्ताकुमारी यादव र माओवादी केन्द्रका शशिकला दाहाल, अल्पसंख्यकमा राजपाका वृषेशचन्द्र लाल र दलितमा संघीय समाजवादी फोरम नेपालका रामपृत पासवान निर्विरोध निर्वाचित भएका छन्।

त्यस्तै, खुलातर्फ कांग्रेसका जितेन्द्रनारायण देव, राजपा नेपालका रमेशप्रसाद यादव र एमालेका सुमनराज प्याकुरेल निर्विरोध निर्वाचित भएका छन्।

उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश उदयप्रकाश चापागाईंले राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण गर्दै कानुन र संविधानलाई न्यायपूर्ण बनाउनुपर्ने धारणा राखे।

उनले अब संघर्षको साटो समाधानको बाटो रोज्नुपर्नेमा समेत जोड दिए।

निर्विरोध निर्वाचित राष्ट्रियसभा सदस्य तथा हालका संस्कृति मन्त्री समेत रहेका देवले जिम्मेवारीलाई सुविधाका रूपमा नलिई सेवाका रूपमा लिनुपर्ने बताए। (रासस)