काठमाडौं, २४ माघ– राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज ९बुधवार० मतदान भएको छ । राष्ट्रियसभा सदस्यका कुल ५९ सिटमध्ये ५६ जना निर्वाचित भएर आउनेछन् भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट चयन हुनेछन् ।
राष्ट्रियसभा सदस्यमा २४ जना निर्वाचन अगाडि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने बुधवार ३२ सिटका लागि मतदान भएको थियो । जसमध्ये अहिलेसम्म १७ सीटको अन्तिम नतिजा आइसकेको छ । निर्विरोध र चुनावबाट विजयी भएका गरी राष्ट्रियसभामा अहिलेसम्म ४० जना निर्वाचित भएका छन् ।
प्रदेश २ मा कूल ८ सिटमध्ये सबैजना निर्विरोध निर्वाचित भएका थिए भने बुधवार प्रदेशनम्बर १, ३, ४, ५, ६ र ७ मा मतदान भएको थियो । जसमध्ये प्रदेशनम्बर १, ५ र ७ को अन्तिम मतपरिणाम आइसकेको छ ।
बाँकी प्रदेशमा मतगणना जारी रहेको छ । बुधवार राति ८ बजेसम्म प्राप्त मतपरिणाम निम्नानुसार छः
प्रदेश १
एमालेः
१) नैनकला ओझा
२) हरिचरण शिवाकोटी
३) पर्शुराम मेघी गुरुङ
४) खेम नेपाली
५) अगमप्रसाद वान्तवा
कांग्रेस
१) सरिता प्रसाईं (कांग्रेस) २) रमेशजंग रायमाझी (कांग्रेस)
माअाेवादी केन्द्र
१) बिना पोखरेल
प्रदेश २
राजपा
१) रमेश यादव
२) वृशेषचन्द्र लाल
फाेरम
१) रामप्रित पासवा
२) प्रमिलाकुमारी यादव
कांग्रेस
१) मुक्ताकुमारी यादव
२) जितेन्द्र देव
एमाले
१) सुमन प्याकुरेल
माअाेवादी केन्द्र
१) शशिकला दाहाल
प्रदेश ३
एमाले
१) दिलकुमारी रावल
२) सिंगबहादुर विश्वकर्मा
३) रामचन्द्र राई
कांग्रेस
१) धनकुमारी खतिवडा
प्रदेश ४
कांग्रेस
१) प्रकाश पन्थ
प्रदेश ५
एमाले
१) कोमल वली
२) मीना बुढा
३) रामलखन चमार
४) खिमलाल भट्टराई
कांग्रेस
१) अनिता देवकोटा
२) दुर्गाप्रसाद उपाध्याय
माअाेवादी केन्द्र
१) राजकुमार कुँवर
२) चन्द्रबहादुर खड्का
प्रदेश ६
एमाले
१) नरपति लुहारर
माअाेवादी केन्द्र
१) जीवन बुढा
प्रदेश ७
एमाले
१) चक्रप्रसाद स्नेही
२) कमला ओली
३) इन्दु कडेरिया विष्ट
४) शेरबहादुर कुँवर
कांग्रेस
१) बद्रीप्रसाद पाण्डे
२) तारादेवी भट्ट
माअाेवादी केन्द्र
१) हरिराम चौधरी
२) महेशकुमार महरा
नयाँ नतिजा प्राप्त हुनासाथ सूची अपडेट गरिने छ ।
-लोकान्तर बाट साभार










