काठमाडौं– राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका र चुनावबाट विजयी भएकाहरुको संख्या ३७ पुगेको छ। प्रदेश १, २ र ७ को अन्तिम परिणाम आएको छ। प्रदेश २ मा सबै पदहरु निर्विरोध भएका थिए। अन्य केही प्रदेशमा आंशिक पदमा निर्विरोध भएको थियो।
बुधबार सम्पन्न मतदानको परिणाम आउने क्रम जारी छ। साँझ ७ बजेसम्मको मतपरिणाम अनुसार ३७ पदको टुंगो लागेको छ। जसमध्ये १८ मा एमाले, ९ मा कांग्रेस, ६ मा माओवादी केन्द्र र २/२ वटामा संघीय समाजवादी फोरम र राजपा विजयी भएका छन्।
हेर्नुहोस् पछिल्लो सूची
प्रदेश १ नैनकला ओझा (एमाले) बिना पोखरेल (माओवादी) सरिता प्रसाईं (कांग्रेस) पर्शुराम मेघी गुरुङ (एमाले) रमेशजंग रायमाझी (कांग्रेस) हरिचरण शिवाकोटी (एमाले) खेम नेपाली (एमाले/६,२७०) अगमप्रसाद वान्तवा (एमाले/६,१३८)
प्रदेश २ शशिकला दाहाल (माओवादी) मुक्ताकुमारी यादव (कांग्रेस) प्रमिलाकुमारी यादव (संसफो) जितेन्द्र देव (कांग्रेस) रमेश यादव (राजपा) सुमन प्याकुरेल (एमाले) रामप्रित पासवान (संसफो) वृशेषचन्द्र लाल (राजपा)
प्रदेश ३ धनकुमारी खतिवडा (कांग्रेस) उदया शर्मा पौडेल (एमाले) दिलकुमारी रावल (एमाले) सिंगबहादुर विश्वकर्मा (एमाले) रामचन्द्र राई (एमाले)
प्रदेश ४ प्रकाश पन्थ (कांग्रेस)
प्रदेश ५ कोमल वली (एमाले) मीना बुढा (एमाले) अनिता देवकोटा (कांग्रेस) रामलखन चमार (एमाले) राजकुमार कुँवर (माओवादी)
प्रदेश ६ नरपति लुवार (एमाले/३,६६६) जीवन बुढा (माओवादी/३,७२०)
प्रदेश ७ तारादेवी भट्ट (कांग्रेस) कमला ओली (एमाले) इन्दु कडेरिया विष्ट (एमाले) बद्रीप्रसाद पाण्डे (कांग्रेस) शेरबहादुर कुँवर (एमाले) हरिराम चौधरी (माओवादी) चक्रप्रसाद स्नेही (एमाले/३,७०८) महेशकुमार महरा (माओवादी/३,७०८)










