राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर ३ मा मतगणना सम्पन्न भएको छ । प्रदेशसभाका ८ पद मध्ये वाम गठबन्धनले ६ सिटमा विजय हासिल गरेको छ भने कांग्रेस २ सिटमै सिमित भएको छ ।
निर्वाचन अधिकृत बालमुकुन्द दवाडीका अनुसार वाम गठबन्धनबाट एमालेका बलरामप्रसाद बाँस्कोटा, महिलामा दिलकुमारी रावल (पार्वती) र उदय शर्मा पौडेल, दलितमा सिंहबहादुर विश्वकर्मा र अल्पसंख्यकमा रामचन्द्र राई विजयी भए । भने माओवादी केन्द्रबाट रामबहादुर थापा विजयी भए ।
कांग्रेसबाट भने राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भए । प्रदेश ३ मा ८ पदका लागि १४ जनाको उम्मदेवारी परेको थियो ।










