राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नम्बर ४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सम्पन्न मतगणनाअनुसार यस प्रदेशबाट कूल ८ जना निर्वाचित हुनुपर्नेमा महिला तर्फबाट कांग्रेसकी बिन्दादेवी आले (राना), एमालेकी दीपा गुरुङ र शान्ति कुमारी अधिकारी जिसी विजयी भएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए ।

त्यस्तै, दलित तर्फबाट माओवादी केन्द्रका खिमकुमार विक निर्वाचित भए । खुल्ला समूहको ३ सिटमा कांग्रेसका सुरेन्द्रराज पाण्डे, एमालेका गणेशप्रसाद तिमिल्सिना र माओवादी केन्द्रका दीननाथ शर्मा विजयी भए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अपाङ्गतर्फबाट कांग्रेसका प्रकाश पन्थ यसअघि नै निर्विरोध निर्वाचित भएसकेका छन् । आजको मतदानमा कूल २३० जना मतदाता रहेकामा २२९ जनाले मतदान गरेका थिए ।