राष्ट्रियसभाका लागी आज भएको निर्वाचनमा सम्पूर्ण प्रदेशको सम्पूर्ण नतिजा सार्वजनिक भएको छ ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्य निर्वाचन वामगठबन्धनमय बनेको छ ।
प्रदेश नं २ मा भने सबै उम्मेदवार निर्विरोध निर्वाचित भएकोले त्यहाँ मतदान भएको थिएन भने अन्य ६ प्रदेशका १२ स्थानमा निर्वाचन भएको थियो । नेपालको संविधानको धारा ८६ मा प्रत्येक प्रदेशबाट आठ जनाका दरले कूल ५६ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । त्यस्तै, सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एक महिलासहित तीनजना समेत गरी जम्मा ५९ सदस्यीय राष्ट्रियसभा गठन हुने संवैधानिक व्यवस्था छ ।
कूल ५६ सदस्यका लागि हुने निर्वाचनमा २४ जना निर्विरोध निर्वाचित भएका थिए भने ३२ सदस्यका लागि ५२ जना उम्मेदवार निर्वाचनको प्रतिस्पर्धामा रहेका थिए ।
प्रत्येक प्रदेशमा गठन भएको निर्वाचक मण्डलमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका सदस्य गरी कूल दुई हजार ५६ मतदाता थिए
यी हुन् आज निर्वाचित राष्ट्रियसभाका सदस्यहरु












