संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी अबको सरकारमा सहभागि हुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै यादवले बाम गठबन्धनको सरकारमा सहभागि हुने स्पष्ट पारेका हुन्

भावी प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओलीसँग हात मिलाएर आफ्नो दल सरकारमा जान चाहेको यादवले स्पष्ट पारेका छन् ।  यादवले सरकारमा सहभागि हुनका लागि संविधान संशोधनको मुद्दा नछोड्ने पनि स्पष्ट पारेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

“म ओलीसँग हात मिलाएर सरकारमा जान चाहन्छु, तर संविधान संशोधन हुनुपर्छ ।” यादवले भने । जनताको म्यान्डेटअनुसार वाम गठबन्धनकै नेतृत्वमा सरकार बन्नुपर्नेमा यादवले जोड दिएका छन् ।

प्रदेश नम्बर २ मा राजपासँग मिलेर नै सरकार बनाइने यादवले बताएका छन् । मुख्यमन्त्री आफ्नो दलबाट लालबाबु राउतलाई बनाइने र सभामुख राजपालाई दिने यादवको भनाई थियो ।