धनगढी – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टी एकता सुनिश्चित गर्दै सरकार गठन गर्ने बताएका छन्।

धनगढी विमानस्थलमा प्रेस चौतारीद्वारा आयोजित पत्रकार भेटघाटमा नेता नेपालले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनको तयारी सँगैसँगै भइरहेको बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सरकार गठन र पार्टी एकताको काम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मा लिएर काम गरिरहेको बताए। नेता नेपालले राष्ट्रियसभाको परिणाम आइसकेको अवस्थामा अबको दुई हप्ताभित्र सरकार गठन हुने बताए।

कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उनले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाएका छन्। संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिए। रासस