सुर्खेत– नेकपा एमाले प्रदेश नम्बर ६ को संसदीय दलको नेतामा यामलाल कँडेललाई चयन गरिएको छ। बिहीबार बसेको संसदीय दलको बैठकले कँडेललाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो।

दलको नेताका लागि दाबी गरिरहेका अर्का सांसद प्रकाश ज्वालाको प्रस्तावमा नै कँडेललाई संसदीय दलको नेता चयन गरिएको सांसद पद्मा खड्काले जानकारी दिइन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कँडेल नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा प्रदेश नम्बर ६ का सहसंयोजक हुन्। सुर्खेत क्षेत्र नम्बर २ (क)बाट विजयी उनी पूर्व पर्यटनमन्त्री समेत हुन्।

कँडेल प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षासहित यसपटक प्रदेशसभाको निर्वाचन लडेका थिए। तर, वाम गठबन्धनको सहमति अनुसार प्रदेश ६ को मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेको थियो। प्रदेशको मुख्यमन्त्रीमा माओवादीका महेन्द्रबहादुर शाहीको नाममा सहमति भइसकेको छ।

यो प्रदेशमा एमालेले सभामुख पद पाउने गठबन्धनबीच सहमति भएको छ।