दमक/झापाको मेचीनगर १४ दुवागढी स्थित बाल सुबोधनी बिद्यालयका गरिब तथा बिपन्न परिवारका सन्थाल र मुश्लिम बालबालिकाहरुलाइ लायन्स क्लव अफ दमक माउन्ट एभरेष्ट दमकले स्कूल ब्याग बितरण गरेको छ । स्कूल ब्यागसंगै बिद्यार्थीहरुलाइ कोलगेट पालमोलिकको पेष्ट र कोल्गेट समेत प्रदान गरिएको थियो ।
विहिबार एक कार्यक्रमबीच बिद्यालयमा नै गएर लायन्सकर्मीहरुले ६३ जना बिद्यार्थीहरुलाइ ब्याग, कोल्गेट र पेष्ट बितरण बितरण गरेकाहुन् । बिद्यार्थीहरु ब्याग पाएपछि खुसि भएका थिए ।
क्लवका अध्यक्ष रुद्र गौतम, लायन्स लिडर पदमकुमार क्षेत्री तृतिय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मीहरु बुद्धिशेखर भट्टराइ, रबिन गजमेर,रामकुमार थपलिया लगायतले ब्याग बितरण गरेका थिए । बिपन्न बालबालिकाका लागि ब्याग सहयोग लायन्सकर्मी समेत रहेका एच.जि सप्लायर्ष दमकका सञ्चालक पुण्यप्रसाद घिमिरेले गरेका थिए ।
बिद्यालयमा अध्यनरत अति बिपन्न मुश्लिम र सन्थाल बालबालिकाको छनौट गरेर लायन्समार्फत ब्याग बितरण भएको बिद्यालयका प्रधानअध्यपक बिश्व थापाले जानकारी दिए ।
सोहि अवसरमा बिद्यालयको फूलवारी ब्यवस्थित देखेर त्यसको संरक्षणका लागि लायन्स क्लवका अध्यक्ष रुद्र गौतमले बिद्यालयको प्रोत्साहनका लागि भन्दै नगद ५ हजार समेत प्रदान गरेका थिए । बिद्यार्थीलाइ वितरण गरिएको पेष्ट र कोल्गेट लायन्सका तृतिय उपाध्यक्ष मनोज अग्रवालले उपलब्ध गराएको लायन्सकर्मि रामकुमार थपलियाले बताए । ।











