माघ २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वन टु वन छलफल सम्पन्न भएको छ ।
बिहिबार सम्पन्न छलफलमा राष्ट्रीय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको थियो ।
पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने बिषयमा वहाँहरूवीच कुराकानी भएको थियो ।
आज को छलफल अनुसार भोली एकता संयोजन समितिको बैठक बस्नेछ ।
एकता संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।










