>काठमाडौँ, २५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भेटवार्ता भएको छ ।

मानभवनमा भएको तीन घन्टा लामो भेटवार्तामा राष्ट्रिय सभाको निर्वाचनको परिणाम, प्रदेश सभा र पार्टी एकताबारे छलफल भएको बताइएको छ । पार्टी एकता सम्बन्धमा प्रक्रिया र अन्य विषयमा एकता संयोजन समितिमा थप छलफल गर्ने समझदारी भएको नेताहरुले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पार्टी एकता संयोजन समितिको बैठक शुक्रबार बस्ने दुई नेताबीच सहमति भएको छ । एकता बारे आशंका उब्जीरहेका बेला एकता संयोजन समितिको शुक्रबार बस्ने बैठकले यसको टुंगो लगाउने बताइएको छ । संयोजन समितिले एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्नेछ ।

-दैनिक नेपाल बाट साभार