दमक/झापाको दमकमा ब्यवसायीक असुरक्षा तथा अपराधिक कृयाकलाप रोक्न सिसि क्यामेरा राख्ने तयारी अन्तिममा पुगेको छ । सडक आसपास र मुख्य बजार क्षेत्रमा ५० स्थानमा सिसि क्यामेरा राख्न लागिएको जनाइन्छ ।
दमक नगरपालिका, इलाका प्रहरी कार्यालय दमक र दमक उद्योग बाणिज्य संघ लगायतका सरोकारवाला निकायहरुको समन्वयनमा सिसि क्यामेरा जडान गर्ने तयारी शुरु भएको दमक उद्योग बाणिज्य संघका द्वितिय उपाध्यक्ष युवराज घिमिरेले बताए ।
बढि आर्थिक कारोबार हुने तथा सुरक्षा निकायले संबेदनशिल ठहर्याएका स्थानहरुमा समन्वय गरेर नै सिसि क्यामेरा राखिन लागेको घिमिरेको भनाइ छ । सबै तयारी पुरा भएर अब जडान गर्ने काम शुरु हुने उनले जानकारी दिए ।
दमकको रतुवा खोला र मावा खोलाको बीच, मुख्य चोक, बजार गरेर ५० स्थानहरुमा गुणस्तरीय सिसि क्यामेरा राखिने घिमिरे बताउछन् । नगरलाइ सुरक्षित बनाउनका लागि पटकपटक सिसि क्यामेरा राख्ने पहल हुदै आएको थियो ।










