विष्णुप्रसाद पोखरेल दमक । झापामा धान खेतीमा नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा फेरी अर्को प्रविधि पनि भित्रेको छ । प्रधानमन्त्री कृषि आधूनिकरण कार्यक्रम अन्र्तगत धान सुपरजोनमा धान खेतीका लागि नयाँ प्रविधि मानिएको ‘ड्रम सिडर मेशिन’ भित्रेको हो । यसको किसानहरुले प्रयोगात्ममक अभ्यास समेत गरेकाछन् ।
बनियानीमा किसानहरुलाइ प्रर्दशनी गर्ने र प्रयोगात्मक गरेर देखाउने उदेश्यले सुपरजोन क्षेत्रमा पहिलो ड्रम सिडर मेशिनवाट सिधैं धान छर्ने काम भएको धान सुपरजोन कार्यन्वयन इकाइका प्रमुख समेत रहनु भएका बरिष्ठ कृषि बिकास अधिकृत मेघनाथ तिम्सिनाले बताउनु भयो । यो मेशिनबाट धान रोप्दा किसानले ब्याडमा बीउ राख्नु पर्दैन ।
तिम्सिनाका अनुसार यो मेशिनबाट धान रोप्दा खेतमा बीउ उमार्ने तथा तयार गर्ने केहि पनि काम गर्नु जरुरी नहुने भएकाले किसानहरुका लागि धेरै फाइदाजनक हुने गर्छ । अंकुरण भएको धानको बीउ सिधै हिल्याएको खेतमा मेशिनबाट छर्ने काम हुने देखेर किसानहरु यसमा धेरै आकर्षित भएको उहाँको भनाइ छ ।
ड्रम सिडर मेशिनवाट हर्दिनाथ ३ धानको जात लामो ‘सिलेन्ड्रिकल’ दानाहुने भएकाले ठूलो प्वाल वाट समेत नियमित एकनासले खस्न गाहे भएकाले यस बिषयमा बिज्ञहरुसंग छलफल गरिने पनि तिम्सिनाले जानकारी दिनु भयो । पानीको तह केहि बढि भएको ठाँउमा पनि धान खस्न केहि समस्या भएको बताईएको छ ।
पहिलो पटक झापामा यो प्रविधि ल्याएर बुधबार प्रयोग तथा प्रदर्शनी गरिएकाले अब कृषक दिवसको सन्दर्भ पारेर बृहत रुपमा यस बिषयमा जानकारी दिइने समेत जनाइएको छ । जसरी पनि प्रविधिमा आधारित कृषि ब्यवसायप्रति किसानको आकर्षण गराएर कम लागतमा बढि उत्पादनमा आफूहरुको ध्यान रहेको भन्दै यो प्रविधि नौलो भएकाले किसानहरु अझै पनि बिश्वस्थ भने नरहेको पाएको तिम्सिनाले बताउनु भयो ।
बीउ राख्नु नपर्दा समय र आर्थिक रुपमा समेत किसानहरुलाइ धेरै राहत हुने छ । धान सुपरजोन सञ्चालक समितिका अध्यक्ष नवराज भट्टराइका अनुसार यो उपकरण अहिलेसम्म देखिएका बिभिन्न कृषिजन्य औजार तथा उपकरणहरुमध्ये छरितो देखिएको छ । यसको प्रभावकारीता देखिएमा यो प्रत्येक किसानहरुसम्म पुर्याउन प्रयत्न गरिने छ ।
जमिन एकनाशले सम्म नमिल्दा, खेतका गराहरु साना हुदा र यो चलाउने ज्ञान तथा सीप नहुदा शूरुवाती चरणमा भने समस्याहरु देखा पर्ने आफूहरुले पाएको भट्टराइको भनाइ रहेको छ । नयाँ र नौलो प्रविधि भएकाले यस बिषयमा सीप भने आफूहरु महसुस गरेको उहाँ बताउनु हुन्छ ।










