सुर्खेत- नेपाली कांग्रेस प्रदेश नं ६ को संसदीय दलको नेतामा जीवनबहादुर शाही चयन भएका छन्।

कांग्रेस संसदीय दलको बैठकले शाहीलाई नेता चयन गरेको हो। शाही हुम्लाको प्रदेश ख बाट निर्वाचित भएका सांसद हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश नं ६ को मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभा सदस्यको चुनाव लडेका शाहीको मुख्यमन्त्री बन्ने सम्भावना भने न्युन  छ। प्रदेशसभामा प्रत्येक्षतर्फ यो प्रदेशबाट निर्वाचन जित्ने शाही एक्लो सांसद हुन्। प्रत्यक्ष र समानुपातिक गरी ४० सदस्यीय प्रदेशसभामा कांग्रेसका ६ जना मात्रै सांसद छन्।

यो प्रदेशमा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले सरकार बनाउने निश्चित छ। गठबन्धनले प्रदेश नं ६ को मुख्यमन्त्री माओवादीलाई दिने र सभामुख एमालेलाई दिने निर्णय गरिसकेको छ।