विराटनगर : प्रदेश १ एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्। एमाले सचिवसमेत रहेका भीम आचार्यलाई पराजित गर्दै पोलिटब्युरो सदस्य राई प्रदेश १ को संसदीय दलको नेता बनेका हुन्। संसदीय दलको नेता बनेसँगै राईको प्रदेश १ को मुख्यमन्त्री बन्ने बाटो खुलेको छ।

प्रदेश नम्बर १ एमाले दलको नेतामा नेता विजयी भएका राईले २६ मत ल्याएका छन् । उनीसँग पराजित एमालेका सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले २४ मत ल्याएका छन् । एक मत भने बदर भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि संसदीय दलको नेतामा दाबी गर्दै आएका नेता जीवन घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि दुई नेताबीच भिडन्त हुने भएको हो । जसमा राईले बाजी मारे । संसदीय दलको नेताका लागि राईको उम्मेदवारीमा प्रस्तावक/समर्थकमा सुनसरीका जगदीश कुसियत र झापाका हिक्मत कार्की रहेका थिए ।

-अन्नपूर्ण पोस्ट बाट