दमक/जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल प्रविधिको माध्यमबाट प्रत्येक दिन बेलुका जिल्लाबासी तथा बाहिरका नागरिकहरुको घरघरमा पुग्न थालेकाछन् ।

समसामयिक बिषय र जिल्ला समन्वय समितिले गर्दै आएका गतिबिधिहरुबारे नागरिकहरुसंग संवाद गर्ने उदेश्यले उनि सामाजिक सञ्जाल फेसबुकमा लाइभ आउन थालेकाहुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एकसाता यता उनि प्रयाजसो बेलुका ९ बजे लाइभमा आउन थालेसंगै उनको चर्चा चुलिन थालेको छ । उनले सधै यो समयमा लाइभमा आउने समेत प्रतिबद्धता जनाएकाछन् ।

उनले शुरुवातमा लाइभमा आउदा खुला दिशामुक्तको बिषयमा भएका गतिबिधिदेखि लिएर शुक्रबार झापालाइ कृषिमा आधूनिकरण तथा प्रविधियुक्त बनाउन बिषयमा कुरा गरेका थिए ।

उनले जिल्लासभाबाट कृषि मैत्री कार्यक्रमहरु ल्याउने प्रतिबद्धता जनाउदै सुझाव समेत माग गरेका छन् । सबै क्षेत्रका सुझावहरु लिएर कार्यक्रम बनाइने भन्दै उनले सुझाव मागेका हुन् ।

https://www.facebook.com/portel.somnath/videos/1674448502604782/