काठमाडौँ -नेकपा (एमाले) का तर्फबाट प्रदेश नं ३ को प्रदेशसभाका सभामुखमा सानुकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन्। पार्टीले नै उनलाई उठाउन लागेको हो।

एमाले र नेकपा (माओवादी केन्द्र) बीचको सहमतिअनुसार सभामुखमा एमाले र उपसभामुखमा केन्द्रले उम्मेदवारी दिनेछन् । कूल ११० सदस्य रहेको सो प्रदेशसभामा एमालेसँग मात्रै बहुमत (५८ सदस्य) छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेशको अस्थायी मुकाम हेटौँडामा शनिबार ३ः०० बजे बस्ने प्रदेशसभाको दोस्रो बैठकमा सभामुखको निर्वाचनको कार्यसूची तय गरिएको छ । एमाले वैकल्पिक पोलिटब्यूरो सदस्य श्रेष्ठले आफूलाई पार्टी नेतृत्वले सभामुखमा उम्मेदवारी दिन निर्देशन दिएको जानकारी दिए । केन्द्रबाट उपसभामुखमा राधिका तामाङ उम्मेदवार हुने तय भएको छ ।