२७ माघ । घादिङको वेनीघाट स्थित सलाङघाटमा जीप दुर्घटना भएको छ । शनिवार विहान भएको दुर्घटनामा सिंचाई मन्त्रालयका सचिव रामनन्द यावद सहित तीन जना वेपत्ता भएका छन् ।

वेपत्ता हुनेमा यादवका छोरा सन्तोष र एक नाम नखुलेकी युवती रहेको बताइएको छ । दुर्घटनामा जीप चालक घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।