काठमाडौं- प्रदेश नम्बर ३ का लागि सभामुखको टुंगो आज लाग्दैछ। शुक्रबार मुख्यमन्त्रीको टुंगो लगाएको एमालेले प्रदेश ३ को सभामुखको निर्वाचनमा समेत उम्मेदवारी दिँदैछ। वाम गठबन्धनको सहमति अनुसार यो प्रदेशमा एमालेको मुख्यमन्त्री र सभामुख रहनेछन्।
प्रदेशसभा सचिवालयका अनुसार अहिले मनोनयन दर्ताको प्रक्रिया चलिरहेको छ। सचिवालयले मध्याह्न १२ बजे नामावली प्रकाशन गर्ने र ३ बजे प्रदेशसभाको बैठकले परिणाम सार्वजनिक गर्ने कार्यसूची छ।
आजै अपराह्न निर्वाचित सभामुखलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ ग्रहण गराउने कार्यक्रम छ। नवनिर्वाचित सभामुखले आजै साँझ पदभार ग्रहण गर्नेछन्।
११० जना सदस्य रहेका प्रदेश ३ मा उपसभामुखको निर्वाचन भोली आइतबार गर्ने तयारी छ।










