काठमाडौँ — प्रदेश १ को सभामा एमालेको संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्।
शुक्रबार भएको निर्वाचनमा उनी २६ मत प्राप्त गरी बिजयीबनेका हुन्। प्रतिस्पर्धी प्रदेश इन्चार्ज भीम आचार्यले २४ मत प्राप्त गरे। कुल ५१मतमध्ये एक मत बदर भएको थियो।राई पोलिटब्युरो सदस्य तथा प्रदेशका सहइन्चार्ज हुन्। उनी भोजपुर ‘ख’ वाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
मुख्यमन्त्रीको दौडमा रहेका केन्द्रीय सदस्य जीवन घिमिरेले भने मनोनयन दर्तागराएनन्। आचार्य एमाले बरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन् भने राईअध्यक्ष केपी ओलीनजिकका हुन्। एमाले स्थायी समितिको बैठकले मुख्य मन्त्रीकोटुंगो लगाउने अधिकार संसदीय दललाई दिइएको थियो। एमाले संसदीय दलमा नेपालपक्षको बहुमत छ।
प्रदेश नम्बर १ मा पर्ने १४ जिल्लाका प्रत्यक्षतर्फ ५६ सिट र समानुपातिकतर्फ ३७सिट गरी ९३ सिट संख्या छ। यो प्रदेशमा एमालेका ५१, माओवादी केन्द्रले १५,कांग्रेस २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र १, राप्रपा १ र संघीय लोकतान्त्रिकमञ्चको १ सिट छ।
बुबा जागिरमान राई तथा आमा राम्रीमाया राईको कोखबाट २०२७ फागुन ११ गतेभोजपुरको आमचोक गाउँपालिका ३ मा जन्मेका राई सानै उमेरबाट राजनीतिमालागेका हुन्। गृहजिल्लाबाटै स्नातक गरेका राईले समाजशास्त्रमा स्नातकोत्तर गरेकाछन्। २०४४ सालवाट अखिलको राजनीति हुँदै उनी पार्टीको पोलिटब्युरो सदस्यबनेका हुन्। अखिलको जिल्ला अध्यक्ष,
पार्टी केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजकसम्म बनेका थिए। २०४७ सालमा एमालेको संगठित सदस्य बनेका राई ०४९बाट पार्टीको सक्रिय राजनीतिमा लागेका हुन्। चार कार्यकालसम्म भोजपुर जिल्लाकमिटीको नेतृत्व गरेका राई केन्द्रीय सदस्य हुँदै २०७० सालमा पार्टीको पोलिटब्युरोसदस्य बनेका हुन्।
२०५६ सालको संसदीय निर्वाचनमा राई कान्छो सांसदका रुपमा संसद पसेका हुन्।त्यस बेला उनको उमेर २७ बर्ष थियो। २०६४ सालको संविधानसभाको पहिलोनिर्वाचनमा राई दोस्रो पटक संसद बने।
दोस्रो संविधानसभामा राईले संसदको सुशासन तथा अनुगमन समितिको सभापतिभएका थिए। पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारमा उनी सुचना तथासञ्चार मन्त्री थिए। संसदीय दलको नेता चयन भएपछि राईले ढिलोमा फागुन २गतेभित्र सरकार गठन भइसक्ने बताए। ‘सरकार गठनको प्रकृया सुरु भयो,’ उनले भने,‘विलम्ब नगरी सरकार गठन गर्छौ।’ राईले
आफ्नो नेतृत्वमा बन्ने सरकारको पहिलो प्राथमिकता भ्रष्टाचारमुक्त प्रदेश रहेको वताए। ‘सुशासन र भ्रष्टाचारमुक्त प्रदेश हाम्रोप्राथमिकतामा रहन्छ। ‘यो प्रदेशमा भएका साधन र स्रोतको उच्चतम प्रयोग गर्दै १नम्बर प्रदेशलाई साँच्चै नमुना प्रदेश बनाउँछौं’, उनले भने। कान्तिपुर दैनिक बाट










