प्रदेश ३ को सभामुखमा एमाले सांसद सानु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

उम्मेदवारी दर्ताका लागि दिउँसो १ बजेसम्म समय तोकिएको थियो, जसमा श्रेष्ठको मात्र उम्मेदवारी परेको छ । श्रेष्ठका प्रस्तावमा माअ‍ोवादी सांसद शालिकराम जमरकट्टेल र समर्थकमा एमाले सांसद रामेश्वर फुयाल छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले पोलिटब्यूरो सदस्य हुन् र काठमाडौं २ को 'क'बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् । श्रेष्ठ एमालेमा ओली निकट मानिन्छन् ।

प्रदेश ३ को सभामुखको उम्मेदवारीका विषयमा माधव नेपाल पक्षले असहमति जनाउँदै आएको थियो । तर, नेपाल पक्षले पनि सभामुखमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिम समयमा उम्मेदवारी परेन ।