कञ्चनपुर- संन्यासी (जोगी) चन्द्र गिरीको हत्या गरी फरार भएका अर्का संन्यासी नारायण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ मा रहेको वनदेवी मन्दिरमा बस्दै आएका दुई संन्यासीबीच शुक्रबार विवाद हुँदा चन्द्र गिरीको हत्या भएको थियो। हत्याका आरोपित अर्का संन्यासी नारायण चौधरीलाई कैलालीको अत्तरिया बजारबाट शनिबार बिहानै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायव निरीक्षक मणि भट्टले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अन्दाजी ३२ वर्षका चौधरीले वर्ष ४५ का गिरीको चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार साँझ मन्दिरमा रहेका अन्य आधा दर्जन महात्मा आरती गर्न व्यस्त रहेको समयमा दुई जनाबीच विवाद हुँदा घटना भएको थियो। घटनापछि प्रहरीले चौधरीको खोजी तीव्र पारेको थियो।

उनी प्रकाउ परेसँगै अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।नेपाल लाइभ बाट साभार