दमक/लायन्स क्लव अफ माउण्ट एभरेष्ट दमकले झापाको दमक वडा नं. ३ स्थित रामचन्द्र मन्दिरमा रहेको अध्यात्म अध्ययन केन्द्रमा आउने जेष्ठ नागरिकहरुका लागि टिभि उपलब्ध गराएको छ ।
अध्यक्ष रुद्र गौतम, तृतिय उपाध्यक्ष मनोज अग्रवाल, लायन्सकर्मी बुद्धिशेखर भट्टराइ र बिमल खतिवडा मिलेर क्लवका तर्फबाट टिभि उपलब्ध गराएकाहुन् । दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, लायन्स लिडर रामचन्द्र बराल लगायतको उपस्थितिमा टिभि प्रदान गरिएको थियो ।
मन्दिरका अध्यक्ष रुद्रप्रसाद निरौलाका अनुसार अब श्रब्य दृश्यको माध्यमबाट आध्यत्मिक लाभ लिनका लागि यो सहयोग ठूलो भएको जनाए । आफूहरुले नगरपालिकासंग निवेदन दिएर नै टिभि माग गरेको समेत निरौलाले जनाएका थिए ।
नगरपालिका उपप्रमुख अधिकारीले नगरपालिकाको तर्फबाट आफूले लायन्सकर्मीहरुलाइ आग्रह गरेको र त्यो आग्रहलाइ स्वीकार गरेर जेष्ठ नागरिकको अपेक्षा पुरा गरिदिएको भन्दै लायन्स क्लव अफ माउण्ट एभरेष्टप्रति आभार प्रकट गरेकी थिइन् ।
लायन्स अध्यक्ष गौतमले आफूहरु नगरपालिकासंग समन्वय गरेर यस्ता किसिमका सहयोगहरु गर्न सधै तयार रहेको बताएका थिए ।











