काठमाडौ–संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच सहमति भएको छ । फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभमुख सहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ ।
फोरम नेपालले अर्थ, समाजिक सुरक्षा र कृषि मन्त्रालय सहित तीन मन्त्रालय पाएको छ भने राजपा नेपालले भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी तीन मन्त्रालय पाएको छ । फोरम नेपालको पार्टी कार्यालय तीनकुनेमा यी दुई दलको बीचमा छलफल भएको थियो । यसअािघ माघ २३ गते जनकपुरमा यी दुई दलको बीचमा भएको छलफल भएको थियो । सो छलफलमा राजपा नेपालले तीन बुँदे प्रस्ताव राखेको थियो ।
मुख्य मन्त्री र दुई मन्त्रालय, सभामुख र चार मन्त्रालय तथा चक्रिय प्रणालीमा मुख्य मन्त्री गरी तीन प्रस्ताव राखेको थियो । यी प्रस्ताव प्रति फोरम नेपाल सकारात्मक थिएन । आज छलफल हुँदा चक्रिय प्रणाली हटाएर तीन तीन मन्त्रालयमा सहमति गरेको छ । रातो पाटि बाट साभार










