दमक/झापाको कमल गाँउपालिकाको केर्खा बजारमा आज एक दिवसीय प्रतियोगितात्मक कृषि प्रदर्शनी सम्पन्न भएको छ । गाँउपालिका र मूलक कृषक समुहको आयोजनामा भएको प्रदर्शनीको मुख्य आकर्षणको रुपमा झण्र्ड २५ फिटको उखुको लाँक्रो देखि लिएर अन्य बिभिन्न कृषि उपनहरु रहेका थिए ।
कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले नमूना गाँउ पालिका बनाउनका लागि सबैलाइ सहयोग गर्न आग्रह गरीन् । उनले गाँउपालिकाले कृषि मैत्री बजेट बनाएको जनाउदै यसबाट धेरै भन्दा धेरै किसानलाइ लाभ पुर्याउने उदेश्य रहेको बताइन् ।
‘आईपिएम प्रविधि अपनाऔं, दिगो कृषि विकासमा टेवा पुर्यौ’ भन्ने मूल नाराकासाथ वडा नं. ३ केर्खा बजारमा कृषि प्रदर्शनी भएको थियो । गाँउपालिका उपाध्यक्ष बेनु सिवाकोटी लगायतले बोलेका थिए ।
प्रदर्शनीमा २५ फिटसम्मका उंखुका बोटहरु आकर्षकको बिषय बनेका थिए । स्थानीयले बारीमा उत्पादन गरेका उत्पादनहरु स्टलमा ल्याएर राखेको गाँउपालिकाका कृषि प्राविधिक प्रेम पोखरेलले बताएकाछन् ।










