रसुवाको नौ कुण्ड गाउँपालिकामा आज भएको आगलागीमा जलेर ३ बालिकाको मृत्यु भएको छ । नौ कुण्ड गाउँपालिका ५ सिस्नेरीमा रहेको वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा उनि दुई छोरी सहित ३ बालिकाको जलेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोक्तानका छोरी ७ वर्षीया रिफुला, ३ वर्षीया मंगलीमाया र छिमेकी धनबहादुर मोक्तानका ६ वर्षकी छोरी अस्मिता मोक्तान रहेका जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । शनिबार दिउँसो घरमा अभिभावक नभएको बेला आगलागी भएको हो। बालबालिकाले लाइटर बाल्ने क्रममा आगलागी हुन पुगेको प्रहरी अनुमान छ ।