त्रिवि शिक्षण अस्पतालका प्रा.डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले तत्काल राजीनामा नदिए सत्याग्रह सहितको सशक्त आन्दोलन थाल्ने चेतावनी दिनु भएको छ । राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरेर डा. केसीले पराजुलीको नागरिकता थरीथरी देखिएकाले कारवाही हुनुपर्ने बताउनु भएको हो ।

उनि पदमा रहेसम्म अदालतले निष्पक्ष न्याय दिन नसक्ने भन्दै डा. केसीले पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रका प्रतिलिपिका आधारमा भएको नियुक्ति बदर गरी कानूनी कारबाही हुनुपर्ने माग गर्नुभयो । उहाँले पराजुलीले प्राप्त गरेको नागरिकता गैरकानूनी भएको दाबी समेत गर्नुभयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रधानन्यायाधीश पराजुलीले कानूनको रक्षा गर्नुपर्नेमा आफैले गैरकानूनी काम गरेको आरोप लगाउदै अदालतको शुद्धीकरणका लागि आफु एक दुई वर्ष नभई आजीवन कारावास जान तयार भएको भनाई राख्नुभयो । पत्रकार सम्मेलनमा डा. केसीले प्रधानन्यायाधीश पराजुलीलाई विपक्षी बनाई ल्याइएको अदालतको अवहेलना मुद्दा तत्काल दर्ता गरी कारबाही अगाडि बढाउन माग समेत गर्नुभयो ।जनता टाइम्स बाट