नेपाल रेडक्रस सोसाइटी लखनपुर उपशाखाको आफ्नौ पाँचौ उपसभाको अवसरमा आम्दा अस्पतालका मेडिकल सुपरीटेण्डन्ट डा. नबिन ढकाल सहितलाइ सम्मान गरेको छ ।

शनिबार कमल गाँउपालिका ५ मा भएको भएको उपशाखा सभामा स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ढकाल सहितका डाक्टरहरुलाइ सम्मान गरिएको जनाईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसैगरी आम्दाका डाक्टर प्रकाश शर्मा ,लिला सुन्दर श्रेष्ठ , बिमला बुढाथोकी, दिब्या तुलाचन पनि सम्मानित भएकाछन् । कमल गाँउपालिकामा अधिकृतको जिम्मेवारी सम्हालेर हाल जिल्ला समन्वय समिति झापाका योजना अधिकृत रहेका राजकुमार श्रेष्ठ, दमक नगरपालिकाका इन्जिनियर तिर्थनारायण श्रेष्ठ पनि सम्मानित भएकाछन् ।